default_image

6 years ago

March 20, 2020

औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित तीन क्लबको कसरत

196 views

0 Bookmark

एजेन्सी – गावोन तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे इमरिक औबामेयाङलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासहित अन्य तीन क्लबको कसरत सुरु भएको छ ।

औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चासो देखाएका छन् । बेलायती पत्रिका दि सनका अनुसार युनाइटेडले औबामेयाङको लागि ५० मिलियन पाउन्ड खर्चने बताइसकेको छ ।

आर्सनलमा औबामेयाङ्को सम्झौता २०२१ सम्म रहेको छ । आर्सनलले उनको सम्झौता नवीकरण नगर्ने मनासय बनाइसकेको छ । यही फाइदा लिने दाउमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र पीएसजी रहेका छन् ।

आर्सनल युरोपा लिगबाट बाहिरीसक्दा प्रिमियर लिगको नवौं स्थानमा छ । औबामेयाङ्लाई आर्सनलले २०१८ जनवरीमा ५६ मिलियन पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमन्डको कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो ।

म्यानचेस्टर युनाइटेडमा ओडिन इघालो चिनिया क्लबबाट लोनमा रहेको अवस्था छ भने बर्नमाउथका जोस किङलाई अनुबन्ध गर्न असफल रहेको थियो । त्यसैले पनि आउदो समरमा युनाइटेड औवामियाङ अनुबन्ध गर्ने दौडमा हुनेछ । युनाइटेड रोमेलु लुकाकुको विकल्पको खोजीमा छ । औबामेयाङले यो सिजन ३१ खेलमा २० गोल गरेका छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.