default_image

6 years ago

March 20, 2020

ब्याडमिन्टन एसिया च्याम्पियनसिप मकाउमा सार्ने तयारी

172 views

0 Bookmark

एजेन्सी – चीनको वुहानमा अप्रिललाई तय भएको ‘दि २० ब्याडमिन्टन एसिया च्याम्पियनसिप’ पुन सर्ने तय भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण वुहानबाटै फिलिपिन्सको मनिलामा हुने तय भएको च्याम्पियनसिप पुन मकाउमा सार्ने तयारी भएको छ ।

फिलिपिन्समा कोरोना प्रभाव बढ्दै गएपछि सरकारले एक महिनाका लागि ‘लकडाउन’ गरेपछि ब्याडमिन्टन एसिया प्रतियोगिता पुनः सार्न बाध्य बनेको हो । ‘फिलिपिन्स सरकारले आपत्कालको घोषणा गरेर मनिला अप्रिल १२ सम्मका लागि ‘लकडाउन’ गरेसँगै प्रतियोगिता सर्ने सम्भावना देखिएको छ ।

हामीले अप्रिल २१ मा सुरु गर्ने तयारी गरेका थियौ । अब कुनै खतरा मोल्न चाहन्न ।’ ब्याडमिन्टन एसियाका अध्यक्ष एन्टोन सुबोवोले भने । त्यस्तै फिलिपिनी ब्याडमिन्टन संघले पनि आधिकारिक पत्र पठाएर टोकियो ओलम्पिक छनोटका लागि खेलाडीले अंक पाउने प्रतियोगितासमेत रहेको यो च्याम्पियनसिप रोक्न ब्याडमिन्टन एसिया समक्ष आग्रह गरेको छ ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)का महासचिव थोमस लन्डले अप्रिलमा हुने गरी तय भएका अन्य महादेशीय प्रतियोगिता पनि भएकाले अवस्था बुझ्ने कोसिस गरिरहेका बताएका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.