default_image

6 years ago

March 22, 2020

अत्यावश्यक कामबाहेक सबैलाई घरमै बस्न पारसको आग्रह !

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोराना भाइरस (कोभिड १९) को महामारीले अहिले विश्व आक्रान्त भइरहेको छ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ । १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

नेपाललाई पनि संक्रमणको उच्च जोखिममा राखिएको छ । यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अपिल गर्दै सबैलाई आ आफ्नो ठाँउबाट जिम्मेवारी लिन र आग्रह गरेका छन् ।

सामाजिक सञ्चालमा आइतबार भिडियो सन्देशमार्फत पारसले भनेका छन्, ‘अहिले सहज समय होइन । यो परिस्थितिमा व्यक्तिगत र राष्ट्रिय क्रिकेट टोलीकातर्फबाट सबैलाई आग्रह गर्न चाहन्छु । सबै जना घरमा बसेर, अत्यावश्यक बाहेक घर बाहिर नगइकन,सरकार र सम्बन्धित निकायलाई सहयोग गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

सबैले आ आफ्नो ठाँउबाट जिम्मेवारी लिने हो भने आगामी दिनमा यो कठिन परिस्थितबाट निस्कन एकदमै सजिलो हुनेछ उल्लेख गर्दै पारसले भनेका छन्, ‘हामी सबै मिलेर यो महामारीका विरुद्ध लडौं ।’ नेपालमा क्रिकेटलगायत सबै खेलकुद गतिविधि ठप्प भएका छन् । चैत १ गतेबाट सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिगसहित नेपाल र नामिबियाबीचको खेल पनि स्थागित भइसकेको छ ।

भिडियो सन्देश :

 

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.