6 years ago
April 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला गल्फर प्रतिमा शेर्पा विश्वकै प्रतिष्ठित फोर्ब्स पत्रिकाले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् ।

फोर्ब्सले बिहिबार सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सुचीमा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा अटाएकी हुन् । प्रतिमा हाल अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी छिन् । उनले नेपालकै पहिलो व्यावसायिक गल्फर बन्ने लक्ष्य राखेकी छिन् ।
सान्टा बारबार सिटीमा पढिरहेकी प्रतिमा त्यहाँ प्रस्थान गर्नुअघि नेपालको नम्बर एक महिला गल्फर थिइन् । एमेच्योर गल्फर शेर्पाले नेपालमा रहँदा थुप्रै सोसियल गल्फ प्रतियोगिता जितेकी थिइन् । अमेरिकामा रहेका कारण उनले १३ अौं दक्षिण एसियाली खेलकुदमा भने सहभागिता जनाइनन् । नेपालको महिला टोलीले सागमा कास्य पदक हासिल गरेको थियो । टोलीमा रविना श्रेष्ठ, कश्मिरा शाह र सुष्मा कोइरालाले प्रतिस्पर्धा गरेका थिए ।
फोर्ब्सको सूचीमा प्रतिमासहित नेपालका ६ जना निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी अटाएका छन् । प्रतिमाबाहेक अन्य सबै युवा उद्यमी हुन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]