default_image

6 years ago

May 5, 2020

कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।

सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पीडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गरे ।

सो अवसरमा वडा सदस्य समेत रहेका चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका खाद्य सामाग्रीमा चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन रहेका छन् ।

सविताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जितेकी थिइन् । एसियाली खेलकुदमा कुनैपनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो । टिम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले पुरुष टिम क्रस कन्ट्रीमा रजत जितेको थियो ।

सविताका पति किशोरले पनि सन् १९९८ कै बैंकक एसियाडको तेक्वान्दोमा कांस्य जितेका थिए । उनीहरु अमेरिकाको सियाटलमा बस्छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट पीडितहरुलाई पनि उनीहरुले आर्थिक सहयोग गरेका थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.