9 years ago
August 4, 2016
पारा तेक्वान्दो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको अहमदाबाद प्रस्थान गर्दैछ ।

अगष्ट ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा नवराज कार्की र सोमबहादुर सुनुवारले प्रतिस्पर्धा गर्नेछन् । नवराजले के ४४ तथा सोमले के ४२ क्याटगोरीमा खेल्ने छन् । प्रशिक्षकमा लोकेन्द्र आचार्य तथा अफिसियलमा नेपाल पारा तेक्वान्दो संघका उपाध्यक्ष भीमसेन केसी छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका विश्व विश्वविद्यालय तेक्वान्दो महासंघका उपाध्यक्ष प्रदीप जोशी (टेकराज), पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेललगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा उपाध्यक्ष जोशीले खेलाडीलाई अवसर प्रदान गर्दै आइरहेकोमा पारा तेक्वान्दो संघको प्रशंसा गर्दै खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न सुझाव दिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]