default_image

6 years ago

May 14, 2020

विपन्नलाई एभरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोग

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभेरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोगमा एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले ललितपुर लुभुमा सञ्चालित महालक्ष्मी माध्यमिक विद्यालयमा रहेको महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने विपन्न तेक्वान्दो खेलाडीलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । 

एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने ३७ विपन्न तेक्वान्दो खेलाडीलाई प्रति परिवार १ बोरा चामल, १ केजी दाल, १ केजी चिनी, १ लिटर तेल, १ केजी चना, १ केजी चिउरा, १ केजी नुन र चियापत्ति लगायतको खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।

एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालका अध्यक्ष केशव थापाले हामी तेक्वान्दो डोजाङ, खेल र खेलाडी रहेको र अफ्टेरोमा परेकोलाई सहयोग गरिएको बताए । यस्तै अध्यक्ष थापाले प्राविधिक र स्वयमसेवकको रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

एभरेस्ट वल्ड क्लास तेक्वान्दो केन्द्रिय कार्यलय अमेरिकाका संस्थापक मास्टर कुमार कार्की मास्टर कल्पना कार्कीका साथै पुर्व तेक्वान्दो खेलाडी विनोद चौलागाईंले आर्थिक सहयोग पठाएका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.