default_image

6 years ago

May 15, 2020

जगत र रोश्मालाई अनलाइन कातामा स्वर्ण

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी कराँते डोजोका जगत सिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराँते काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । जगत पुरुषतर्फ तथा रोश्मा महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो ।

शंखडोल डोजो गोकर्णेश्वरको आयोजनामा भएको प्रतियोगितामा जगत सिंह धानुकले २४.२ अंक जोडे । बालाजु डो एकेडेमीका धिरेश श्रेष्ठले २३ अंक जोड्दै दोस्रो स्थान हात पार्दा नरहरि डोजोका स्वर्णिम मानन्धरले २२.५ अंक जोड्दै कास्य जित्न सफल भए ।

महिलातर्फ रोश्मा राईले २४.५ अंक जोड्दै स्वर्ण जितिन् । धनगढी कराँते एकेडेमीकी वर्षा राउतले २३ अंक जोड्दै दोस्रो तथा एपिएफकी सरिता श्रेष्ठले २२.५ अंक जोडेर कास्य पदक जित्न सफल भइन् । महिला र पुरुष दुवैतर्फ शीर्ष तीनमा रहेका खेलाडीहरुले क्रमशः १२ हजार ५ सय, ५ हजार ५ सय र ४ हजार रुपैया हात पारे । लैनचौर डोजोका रेहन जावेद राइजिङ स्टार तथा प्रदीप राई म्याचोर खेलाडी घोषित भए ।

 

१३औं सागको दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ, आठां साफका स्वर्ण विजेता तथा १३औं सागका करातेका प्रशिक्षक गंगाराम महर्जन, राष्ट्रिय खेलाडी विजय लामा र शंखडोल डोजोका प्रमुख प्रशिक्षक भीमराम कारन्जितले प्रतियोगिताको निर्णायकको भुमिका निर्वाह गर्दै विजेता छानेका थिए ।

प्रतियोगिताको आठौं सागका स्वर्ण विजेता तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ र महिलातर्फ ११ जनाले सहभागिता जनाएका थिए । उनीहरुले आफ्नो खेलको भिडियो अनलाइनमार्फत पठाएर प्रतियोगितामा सहभागिता जनाएका थिए ।

कोरोना महामारीको कारण पछिल्लो समय प्रतियोगिताहरु हुन नसक्दा खेलाडीहरु घरमै बसेर अभ्यासमा व्यस्त छन् । खेलाडीहरुले अनलाइनमा भिडियो पठाएर अनलाइन प्रतियोगितामा सहभागिता जनाउने गरेका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.