6 years ago
May 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा घर भित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धामा बिकबहादुर थामी पहिलो भएका छन् ।

थामीले ६५ प्रतिस्पर्धाीलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएको हो । हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान हासिल गरेको छ । पहिलो भएका थामाीले ५ हजार, दोस्रो भएको हिक्मत मगरले २ हजार ५ सय तथा तेस्रो भएको शान्ति तामाङले १ हजार ५ सय हात पारिन् ।
गत २० बैशाखबाट ५ जेठसम्म भएको प्रतिस्पर्धामा ६५ जनाले भिडियो पठाएर प्रतिस्पर्धा गरेका थिए । कम्तीमा १ मिनेट समय भन्दा माथिको भिडियो कराते नेपाल समूहमा पोष्ट गरेर सहभागिता जनाएका थिए । प्रतियोगिता नेपाल कराते महासंघ महासचिव, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक हरिशरण केसीको विशेष निर्देशनमा आयोजना गरिएको थियो । उनले भिडियो प्रतिस्पर्धा जित हारको लागि भन्दा पनि हामी हाम्रो स्वास्थ्य प्रति कतिको सचेत छौ हामीले जानेका शारीरिक ब्यायामको अभ्यास परिवारका सदस्यहरु माझ कसरी सिकाउन सक्छौं भन्ने उदेश्यले गरिएको बताए ।

नेपाल वादोरियो कराते डो संघका केन्द्रिय सदस्य एवम् अन्तर्राष्ट्रिय खेलाडी सिमोन खत्री र ब्ल्याक बेल्ट कमिटीका सचिब पुरुषोत्तम पोखरेलले संयोजन गरेका थिए । यस्ता प्रतिस्पर्धाले लक डाउनको बेला ट्रेनिङ स्थल सम्म आएर ट्रेनिङ गर्न नपाएका खेलाडीहरुको मनोबल उच्च पार्ने हुँदा आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धाहरु गर्दै जाने कुरा संयोजक पोखरेलले बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]