6 years ago
May 25, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले क्लबका कप्तान लियोनेल मेस्सीले केही समयअघि दिएको एक अभिव्यक्तिका कारण क्लबमा ठुलो बहसको अवस्था सिर्जना भएको बताएका छन् ।

मेस्सीले दुई साताअघि प्रशिक्षक सेटिनको ‘ब्रान्ड’ ले च्याम्पियन्स लिग जित्न नसकिने बताउँदै आलोचना गरेका थिए । सोही विषयले अहिले बार्सिलोनामा ठुलो बहसको सिर्जना भएको छ । यस विषयमा क्लबको बोर्ड बैठकमा छलफल हुनेछ । मेस्सीले त्यसअघि क्लबका निर्देशक एरिक एबिडालको पनि आलोचना गरेका थिए ।
प्रशिक्षक क्विके सेटिनले मेस्सीले गरेको आलोचनाको प्रतिरक्षा गर्दै फुटबल खेलाउने आफ्नो रणनीतिक दर्शनले पनि च्याम्पियन्स लिग जित्न सकिने बताएका छन् । अर्जेन्टिनी फरवार्ड मेस्सीले हामी जसरी खेलिरहेका छौ त्यसरी खेलेर जित्न सम्भव छैन भनेका थिए । उनले आफू हरेक बर्ष च्याम्पियन्स लिग खेलेको आधार मान्दै प्रशिक्षक सेटिनको शैलीको आलोचाना गरेका थिए ।
खेलाडी र प्रशंसकको आशंकाका बाबजुत सेटिन सन् २०१५ पछि बार्सिलोनालाई पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जिताउने आफ्नो शैलीको समर्थन गरिरहेका छन् । ‘मेस्सीको भनाईले मलाई लाग्छ एउटा ठुलो विवाद सिर्जना गरेको छ । हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । हामीले केही सुधार गर्नुपर्नेछ । तर, विवादरहित रुपमा भन्दा च्याम्पियन्स लिग जित्ने हामीसँग क्षमता छ,’ सेटिनले भने ।
इर्नेस्टो भाल्भेर्डे बर्खास्तमा परेपछि सेटिन गत जनवरीमा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । सेटिनको प्रशिक्षणमा बार्सिलोनाले १२ खेल खेल्दा ८ मा जित, १ बराबरी र ३ हारको नजिता निकालेको छ ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना यो सिजनको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोना २०१५ को च्याम्पियन्स बनेपछि त्यसयता सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । अघिल्लो सिजन बार्सिलोना सेमिफाइनलमा लिभरपुलसँग ४–३ ले पराजित भएको थियो ।
त्यसअघि बार्सिलोनाले सन् २००६ देखि २०११ सम्म ६ पटक च्याम्पियन्स लिग खेल्दा बार्सिलोनाले ३ पटक उपाधि जितेको थियो । २०१५ देखि २०१८ सम्म स्पेनिस महारथी रियल म्याड्रिडले च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जितेको थियो । अघिल्लो सिजन लिभरपुल च्याम्पियन बनेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]