6 years ago
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् ।

उनले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याएका थिए । यो च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गरेको लक्ष्मणले जानकारी दिए । ‘घरमा सानो ठाँउमा व्यवस्था गरेको थिए । अलि बढी खुला ठाँउ चाहिने भएपनि बैठक कोठा खाली गरेर मिलाएको थिए,’ नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक समेत रहेका लक्ष्मणले भने, ‘मैले यसअघिको च्याम्पियनसिपमा यो भन्दा राम्रो गर्दा मेडन लागेन । यसपटक लाग्यो खुसी छु । ‘
अघिल्लो महिना भएको अनलाईन पुम्से युरोपियन च्याम्पियनसिप र विश्व च्याम्पियन्सिपमा भने लक्ष्मण पदक विहिन भएका थिए । यसअघिका च्याम्पियनसिपमा पुम्सेको भिडियो खिचेर यूट्युब लिंक पठाएर सहभागि हुनपर्ने थियो । ४० वर्ष मूनीमा रेशमाया गुरुङले कास्य पदक जितेकी छिन् ।

४० वर्ष मूनि धनगढीका आशिष चन्द र ३० वर्ष मूनि सुनसरीका विवेक राईले पनि प्रतिस्पर्धा गरेका थिए । सहभागी नेपाली ६ खेलाडी मध्ये २ को प्रतिस्पर्धा आज बेलुका रहेको लक्ष्मणले जानकारी दिए । सो च्याम्पियनसिपमा नेपालका अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो समय अनलाइन पुम्से प्रतियोगिता हुँदै आएरहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]