5 years ago
June 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कराँते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन् ।

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्द्धीलाई पछि पार्दै मानन्धर ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् ।
मानन्धरले सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए । अव उनले उपाधिका लागि १३ जुनमा स्पेनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाइएको अनलाइन च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा भइरहेको छ ।
च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला नेपाली खेलाडी हुन् । एक महिनादेखि सञ्चालन भइरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भेनेजुएला लगायतको सहभागिता रहेको थियो ।
कोभिड १९ बाट विश्व अक्रान्त भइरहेको अवस्थामा विश्वका विभिन्न अन्तर्राष्ट्रिय खेल संस्थाहरुले अनलाइनमार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियाशिल गर्दै आईरहेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]