default_image

6 years ago

June 8, 2020

व्यायामशाला खुलाउन फिटनेस संघको माग

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठन तथा फिटनेस संघले जिम तथा फिटनेस सेन्टर (व्यायामशाला) खुल्ला गर्नको लागि काठमाडौं जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा संघले सोमबार सुरक्षित तरिकाले फिटनेस सेन्टरहरु खुलाउन माग गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संसारभरका विज्ञहरुले यो महामारी छिटै नसकिने भएकोले डब्लुएचओको निर्देशनअनुसार सम्पूर्ण मापदण्डहरु पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरणतर्फ लैजानुपर्छ भनि सुझाएका र फिटनेस सेन्टर पनि सावधानी अपनाएर खुला गराइदिन उल्लेख गरेका छन् । यस्तै ज्ञापनपत्रमा कोरोना परास्त गर्न उचित खानपानका साथै दैनिक व्यायामको आवश्यकता रहेको र जसका लागि बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी देखिने उल्लेख गरिएको छ ।

नेपालमा पनि कोभिड १९ कारण थगत चैत महिनादेखि लकडाउन शुरु भई हालसम्म कायम रहेको छ । काठमाडौंमा मात्रै अरबौ लगागी २०० भन्दा बढी फिटनेस सेन्टर रहेका छन् । हाल बन्दका कारणले जिम संचालकहरुले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा जिम सञ्चालन गर्दा पालना गर्नुपर्ने नियमहरु पनि समावेश गरेका छन् । नियममा तापक्रम नाप्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्ने, एक घन्टाको प्रयोगपछि जिम मेसिन स्यानिटाइज गर्ने र एक पटकमा १० जनालाई मात्रै प्रवेश गर्न दिइने उल्लेख गरेका छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.