default_image

5 years ago

June 13, 2020

पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षक कुँवरद्वारा सहयोग

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।


सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा शनिबार पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले सात जना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । कोरोना भाइरसको संक्रमणसँगै लकडाउनका कारण समस्या परेका खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले सहयोग गरेका हुन् ।

नेपाली पारा तेक्वान्दोमा धेरै सफलता दिएका कुँवरले खेलाडीलाई जनही तीन हजार रुपैयाँ सहयोग गरेका थिए । अर्का प्रशिक्षक लामाले पनि सोही अवसरमा खेलाडीलाई १-१ हजार थपिदिएका थिए । साथै लामो समयको लकडाउनका कारण खेलाडीलाई समस्या परेका थिए ।

यसअघि नेपाल तेक्वान्दो पारा तेक्वान्दो कमिटीले पनि खेलाडीहरूलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेको थियो । प्रशिक्षकद्वय कुँवर र लामाले पनि खेलाडीलाई थप सहयोग गर्ने उद्देश्यले आँफै अग्रसरता देखाएका हुन् । सो अवसरमा खेलाडीद्वय रन्जना धामी र राम अधिकारीले आफ्नै प्रशिक्षकहरूबाट मिलेको सहयोगले आफूहरूको जीवनमा विशेष अर्थ राख्ने बताए ।

‘उहाँहरूले हामीलाई शिक्षा दिनुभयो र गुरु दक्षिण हामीले दिनुपर्ने हो । तर हाम्रो समस्यालाई बुझेर साथ दिनु भएको छ र यो हाम्रो लागि लाखौं बराबरको सहयोग हुनेछ,’खेलाडीहरूले भने ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.