default_image

5 years ago

June 15, 2020

नीतालाई स्वर्ण, रविन्द्र रजतमा खुम्चिए

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । नीता आचार्यले स्वर्ण जित्दा रविन्द्र मानन्धरले रजत जितेका हुन् । 

केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

उनले २४.१४ अंक प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्द्धी अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन् । यस्तै कराते खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धर रजतमा नै खुम्चिए । ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरासँग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।

विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाइएको अनलाइन च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराइएको थियो । च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको राष्ट्रको सहभागिता रहेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.