default_image

6 years ago

June 15, 2020

प्रदेश १ मा खेलकुदको बजेट घट्यो

127 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ३० करोड बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आव मा प्रदेश एकमा केहि रकम घटेर आएको हो ।

अघिल्लो आर्थिक वर्षमा प्रदेश नम्बर एकमा आर्थिक वर्ष २०७६/०७७ मा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट बिनियोजन भएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदका लागि ३० करोड रुपैयाँको बजेट नियोजन गरेका हुन् ।

प्रदेश सरकारले खेलकुदलाई विकास र बिस्तार गर्नको लागी खेलकुद बोर्ड गठन गर्ने योजना अगाडि सारेको छ । प्रदेश सरकारकारले स्थानिय तह सम्मका लागी खेलकुदका पूर्वाधारका लागी बजेट बिनियोजन गरेको छ ।

धरान उप महानगरपालिकालाई खेलकुद ग्रामको रुपमा बिकास गर्ने, विराटनगरको सहिद मैदानमा फ्लडलाइट निर्माण गर्ने लगायतको कार्यक्रम प्रदेश सरकाले अगाडी सारेको छ ।  अघिल्लो आ.वमा इटहरी रंगशालालाई प्रादेशिक रंगशाला र बैजनाथपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमो रुपमा विकास गर्ने प्रदेश सरकारले लक्ष्य राखेको छ । ती दुई योजनाका लागि सरकारले १ करोड रुपैयाँ छुट्टाएको थियो ।

अधिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) संग सहकार्य गर्दैे मुख्य मन्त्री कप आयोजना गरेको प्रदेश नम्बर एकले अघिल्लो वर्ष मुख्य मन्त्री प्रदेश लिगको लागी १ करोड रुपैया विनियोजन गरेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.