default_image

5 years ago

June 27, 2020

रोनाल्डो र मेस्सीलाई सँगै खेलाउने टेभेजको इच्छा

151 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेज खेल जीवनको झन्डै अन्त्य तिर पुग्न लागेका छन् । उनले आफ्नो विदाई खेलका बारेमा पनि योजना बनाएका छन् । जसमा उनी क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीलाई सँगै खेलाउन चाहन्छन् ।

अर्जेन्टिनी स्ट्राइकरले अर्को ६ महिना बोका जुनियर्सबाट खेल्नेछन् । टेभेजले आफ्नो विदाई खेलमा कस्तो टोली बनाउन चाहेको मात्र होइन एकपटक युरोप फर्कन चाहेको पनि प्रष्ट पारेका छन् ।

‘यदि मैले टोली बनाउने अवस्था भएमा जियालियोजी बुफोन, हुगो इबारा, रियो फर्डिनान्ड, गाब्रियल हाइन्ज, प्याट्रीस इभ्रा, एन्द्रिया पिर्लो, पाउल स्कल्स, पाउल पोग्बा, रोनाल्डो, मेस्सी र वायन रुनीलाई समावेश गर्ने थिएँ,’ उनले भनेका छन्,’ मेरो भविष्यका बारेमा पनि मैले सबै सम्भावनालाई खुला राखेको छु । ‘

उनले अर्जेन्टिनामा बोका जुनियर्स मात्र आफ्नो विकल्प रहेको उल्लेख गर्दै टेभेजले भनेका छन्, ‘तर ६ महिनाका लागि म वेस्ट ह्याम फर्कन चाहन्छु । मलाई युरोपमा त्यो टोली मन पर्छ ।’

टेभेजले वेस्ट ह्यामबाट इंग्लिस लिगमा प्रवेश गरेका थिए । त्यसपछि उनले म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबाट खेल्दै प्रिमियर लिग उपाधि जितेका थिए । उनी सिटीका कप्तान समेत रहेका थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.