default_image

5 years ago

July 3, 2020

अनलाइन कराते कातामा नेपाललाई ४ स्वर्णसहित १० पदक

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ ।

नेपालले चार स्वर्ण, समान ३ रजत पदक र ३ कास्य पदक गरी १० पदक जित्न सफल भएको हो । नरहरिपुर कराते डोजो, मच्छेगाँउकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङ्काकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै ७ बर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे ।

८ बर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलङ्काका थरुशा लकमललाई पराजित गरेका थिए । यसै गरि महिला १० बर्ष मुनिको स्पर्धामा दिक्षा महताराले स्वर्ण जितिन् । उनले ईरानकी साबा रोहीलाई पराजित गरेकी थिईन् ।

इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरुले ३ रजत पनि हात पार्न सफल भएका छन् । रजत हात पार्ने खेलाडीहरुमा पुरुष क्याडेट तर्फ मनिष कार्की रहेका छन् । यस्तै महिला ९ बर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ बर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरे ।

२ जुलाई देखि संचालन भएको च्याम्पियनसिपमा ९ बर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० बर्ष मुनिका स्पर्धामा ओन्तो घर्ती मगर र १३ बर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे ।

च्याम्पियनसिप ५ जुलाई सम्म संचालन हुने प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन् । मानन्धरले सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिपमा नेपालका लागि रजत पदक हात पार्न सफल भएका थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.