5 years ago
July 4, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (शनिबार) राति ३०औं चरणको तीन खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानमा रहेको युभेन्टससँगै दोस्रो स्थानमा रहेको लाजियोले पनि आज राति नै आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग लिडर युभेन्टसले घरेलु मैदानमा टोरिनोसँग नेपाली समयअनुसार राति ९ बजे प्रतिस्पर्धा गर्दैछ । युभेन्टस टोरिनोलाई पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछ । पछिल्लो समय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको तालमेल मिलिरहेको छ । उनीहरुलाई डगलस कोस्टा, मिरालेम प्यानिच, म्याथ्जि डि लेग्ट, डानिलो, जुवा कोर्डाडोजस्ता नाम चलेका खेलाडीले साथ दिनेछन् ।
त्यसैले युभेन्टस सहज प्रतिद्धन्द्धीमासथ सहज जित निकाल्दै उपाधि यात्रालाई थप बलियो बनाउने योजनामा हुनेछ । युभेन्टसले २९औं चरणको खेल सकिदा दोस्रो स्थानमा लाजियोलाई ४ अंकले पछि पारेको छ । युभेन्टसको ७२ तथा लाजियोको ६८ अंक छ ।
यता, टोरिनो पनि युभेन्टससँग अंक खोस्ने रणनीतिमा मैदान उत्रनेछ । टोरिनो पनि युभेन्ट्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । युभेन्टस २०१५ को सिरी ‘ए’ मा टोरिनोसँग २–१ ले पराजित भएयता अपराजित रहन सफल भएको छ । त्यसयताका ११ खेलमा युभेन्टसले ९ खेलमा जित हात पार्दा दुई खेल बराबरी खेलेको छ ।

यस्तै अर्काे खेलमा दोस्रो स्थानको लाजियोले घरेलु मैदानमा एसी मिलानको आतिथ्यता गर्दैछ । खेल राति १ः३० बजे हुनेछ । मिलानलाई पराजित गर्दै लाजियो शीर्षस्थानको युभेन्टससँगको अंक दुरीलाई छोट्याउने दाउँमा हुनेछ । मिलान पनि लाजियोलाई स्तब्ध पार्दै अंक तालिकालाई सुधार गर्ने लक्ष्यमा हुनेछ । लाजियोको ६८ तथा सातौं स्थानको मिलानको ४३ अंक छ ।
सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा ससुलो र लिसबीच राति ११ः१५ बजे प्रतिस्पर्धा हुदैछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]