5 years ago
July 4, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति ३३औं चरणको विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र वल्भ्सल आ–आफ्ना प्रतिद्धन्द्धीको सामना गर्दैछ ।

लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले १२औं स्थानमा रहेको क्रिस्टल प्यालेससँग राति ७ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । यस्तै चौथो स्थानमा रहेको चेल्सीले १७औं स्थानमा रहेको वाट्फोर्डलाई घरेलु मैदानमा राति १२ः४५ बजे खेल्दैछ ।
म्यानचेस्टर युनाइटेडले बर्नमाउथको तथा वल्भ्स र आर्सनलबीच शनिबार राति नै प्रतिस्पर्धा हुदैछ । नर्विच सिटी र ब्राइटनले पनि आजै प्रतिस्पर्धा गर्दैछ । क्रिस्टल प्यालेसलाई पराजित गर्दै लेस्टर शीर्ष तीनलाई बलियो पकड बनाउन चहान्छ । क्रिस्टललाई पराजित गरे लेस्टरले चेल्सीको खेलअघि तेस्रो स्थानमा ४ अंकको फरक पार्नेछ ।
यता, अघिल्लो खेलमा वेस्टह्यामसँग स्तब्ध भएपछि शीर्ष तीनमा उक्लने मौका गुमाएको चेल्सी वाट्फोर्डलाई पराजित गर्दै शीर्ष तीनको यात्रालाई कायम राख्न चाहन्छ । शनिबार लेष्टर पराजित वा बराबरीमा रोकिएको खण्डमा र वाट्फोर्डलाई हराएमा चेल्सी तेस्रो स्थानमा उक्लनेछ ।
यस्तै युनाइटेडले घरेलु मैदानमा बर्नमाउथसँग साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । बर्नमाउथलाई पराजित गर्दै युनाइटेड शीर्ष चारमा रहेको टोलीविरुद्ध अंक दुरी कम गर्न चाहन्छ । पाँचौं स्थानमा रहेको युनाइटेडको ५२ अंक रहेको छ । आर्सनलले उल्भ्ससँग उसैको मैदानमा खेल्दैछ । खेल राति १०ः१५ बजे हुनेछ । दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । आर्सनल ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ । उल्भ्स ५२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
आजको खेल
नर्विचविरुद्ध ब्राइटन (साँझ ५ः१५ बजे)
लेस्टरविरुद्ध क्रिस्टल प्यालेस (राति ७ः४५ बजे)
म्यानचेस्टर युनाइटेडविरुद्ध बर्नमाउथ (राति ७ः४५ बजे)
वल्भ्सविरुद्ध आर्सनल (राति १०ः१५ बजे)
चेल्सीविरुद्ध वाट्फोर्ड (राति १२ः४५ बजे)
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]