default_image

5 years ago

July 6, 2020

अनलाइन कराते कातामा नेपाल तेस्रो

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको छ ।  नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेश्रो स्थान हात पारेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए ।

११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ इरान दोस्रो स्थान हासिल गरे । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो ।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ जीमीले नेपालका लागि स्वर्ण जितिन् । यस्तै सिनियर क्याटेगोरीमा पुरुषतर्फ नेपालका लागि सोनिम मानन्धरले र महिलातर्फ निता आचार्यले रजत जोडे । यसैगरि सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जिते ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.