default_image

5 years ago

July 8, 2020

युथ लिगबारे १३ विद्यालयसँग छलफल

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ लिग (यु–१४ र यु–१८) का लागि काठमाडौं उपत्यकाका १३ विद्यालयसँग बुधबार छलफल गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा अन्तरगतको युथ डेभलपमेन्ट कमिटिका संयोजक तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह र हेड अफ इलाइट युथका नविन महर्जनले ‘ए’ डिभिजन क्लबको सहकार्यमा युथ लिग आयोजना गर्न स्कुललाई योजना र प्रस्ताव प्रस्तुत गरेका थिए ।

एन्फा र विद्यालयले लिगको मोडलर ढाँचाको बारेका छलफल समेत गरेका छन् । एन्फाले छिट्टै युथ लिग आयोजना गर्ने मिति सार्वजनिक गर्ने बताएको छ । युथ लिगमा यु–१४ र यु–१८ मा प्रतिस्पर्धा हुनेछ ।

छलफमा लिटिल एन्जल्र्स स्कुल (एलए), बुढानिलकण्ठ स्कुल, जेम्स, ज्ञानोदय बाल बाटिका, नेपाल पुलिस स्कुल, सैनिक आवासिय महाविद्यालय, नेपाल एपिएफ स्कुल, ल्याब्रोटरी स्कुल, मोर्डन इन्डियन स्कुल (एमआई), सेन्ट जेभियर स्कुल, एसओएस, मल्पी र शुभतारा स्कुलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.