default_image

5 years ago

July 9, 2020

युनाइटेडलाई एस्टन भिल्लाको चुनौती

117 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (बिहीबार) राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दा एएफसी बर्नमाउथ र टोटेनहम हस्टपर तथा एभर्टन र साउथह्याम्पनबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ ।

युनाइटेड र एस्टन भिल्लाबीचको खेल भिल्लोको मैदानमा नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा युनाइटेड जित निकाल्दै शीर्ष चार टोलिसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । पाँचौं स्थानको युनाइटेडको ५५ अंक रहेको छ । चौथो स्थानको लेस्टर सिटीको ५९ तथा तेस्रो स्थानको चेल्सीको ६० अंक रहेको छ ।

भिल्लामाथि जित हात पारे युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ अंकको तथा चौथो स्थानको लेस्टरसँगको अंक दुरी १ मा छोट्याउनेछ । पल पोग्बा, ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड, एन्थोनी मार्सियल, मार्कुस रासफोर्ड र नेमान्जा माटिकजस्ता नाम चलेका खेलाडीको युनाइटेडलाई साथ छ । अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने योजनामा रहेको बनाएको युनाइटेडलाई घरेलु टिमविरुद्ध जित निकाल्नै पर्ने दबाब रहेको छ ।

एस्टन भिल्ला पनि घरेलु मैदानमा युनाइटेडलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । एस्टन भिल्ला २७ अंक जोडेर रेलिगेसन क्षेत्रको १८औं स्थानमा छ ।

अन्य खेल

बर्नमाउथविरुद्ध टोटनहम (राति १०ः४५ बजे)

एभर्टनविरुद्ध साउथह्याम्पटन (राति १०ः४५ बजे)

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.