default_image

5 years ago

July 10, 2020

रियल म्याड्रिडले सिटीको मैदानमा खेल्नुपर्ने

157 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग इंग्लिस क्लब म्यानचेस्टर सिटीको मैदानमा नै खेल्नुपर्ने भएको छ ।

युरोपियन फुटबलको सर्वाेच्च निकाय युइएफएले बिहीबार प्रि–क्वाटरफाइनलका बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्बन्धित क्लबले खेल्नुपर्ने ठाँउमै खेल्नुपर्ने निर्णय गरेपछि रियलले पनि सिटीको मैदान इतिहाद स्टेडियममा खेल्नुपर्ने भएको हो ।

पहिलो लेगमा रियल घरेलु मैदान सान्टियागो बर्नबेउमा सिटीसँग २–१ ले पराजित भएको थियो । दोस्रो लेगको खेल खेल्ने तयारी भइरहँदा कोरोना महामारीपछि खेलकुद गतिविधि ठप्प हुदा रियल र सिटीको खेल पनि अनिश्चित बनेको थियो ।

प्रि–क्वाटरफाइनलका खेलहरु अगस्ट ६ र ७ मा हुने छ । क्वाटरफाइनलदेखि सबै खेलहरु पोर्चुगलको लिस्वनमा १३ देखि २३ अगस्टसम्म मिनि टुर्नामेन्टको रुपमा हुनेछ । सबै खेलहरु क्लोज डोरमा हुनेछन् ।

रियललाई क्वाटरफाइनल प्रवेश गर्न कम्तीमा पनि २–० को जित आवश्यक छ । अन्यथा च्याम्पियन्स लिगको सर्वाधिक सफल रियल लगातार दोस्रो सिजन प्रि–क्वाटरफाइनलबाटै बाहिरिनेछ । सिटी भने यही नतिजा कायम गर्न सके अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
यस्तै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई घरेलु मैदानमा आतिथ्यता गर्नेछ । जर्मन क्लब बायर्न म्युनिखले चेल्सी तथा इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोनलाई घरेलु मैदानमा आतिथ्यता गर्नेछ ।

बार्सिलोना र नेपोलीले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । बायर्नले चेल्सीलाई ३–० ले पराजित गर्दा युभेन्टस लियोनसँग १–० ले पछि छ । युरोपा लिगमा पनि यही अवधारणामा हुनेछ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.