5 years ago
July 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप २ रजत र १ कांस्य जितेका छन् ।

प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जितेकी हुन् । महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् ।
योसहित प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइकेलले १३–१४ वर्ष र आयुश बोहराले १५–१७ वर्षमा रजत जितेका थिए । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारेका थिए । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]