5 years ago
July 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी कमल श्रेष्ठ र पार्वती गुरुङले अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गतको ब्ल्याकबेल्टमा स्वर्ण हात पारेका छन् ।

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको च्याम्पियनसिपमा कमल र पार्वतीसँगै निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका छन् । नेपालले च्याम्पियनसिपमा ४ स्वर्ण तीन रजत र १४ कास्यगरी कुल २१ पदक जित्न सफल भयो । ३० वर्षको विधामा कमल पहिलो भए । हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कास्य पाए । जित र प्रेमले १३औं सागमा पनि कास्य जितेका थिए ।
महिला ३० वर्षको इभेन्टमा पार्वतीले स्वर्ण जितिन् । नेपालकी सजिंला तिमल्सिनाले कास्य जितिन् । ७ वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् । पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँड तथा आर्यन्सजङ राणाले कास्य पाए । ११ वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य पाए ।
महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई कास्य जितिन् । १७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्य पदक पाए । ४० वर्षमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्य जितिन् । ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बोहरा कास्यमा सीमित भए । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे ।
डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो । नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]