5 years ago
July 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन खेलाडी सानिया चन्द दुवईमा शुरु एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

पछिल्लो समय परिवारसँगै युएईमा बस्दै आएकी कञ्चनपुर महेन्द्रनगरकी सानियाले स्थानिय खेलाडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ मा लन्च गरेको एयर ब्याडमिन्टन प्रतियोगिता युएइंमा पहिलोपटक भएको हो ।

सानियाले २०१९ मा दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपाली युवा स्टार प्रिन्स दाहालसँग मिलेर मिक्स डबल्स्मा प्रतिस्पर्धा गरेकी थिइन् । मिक्स डबल्स्मा कास्य पदक हात पारेकी थिइन् । एयर ब्याडमिन्टन हल बाहिर खुल्ला ठाउँमा खेलिने खेल हो । यसका लागि विशेष आकृतिको रंगिन सेन्थेटिक सटलकक हुनेछ । नेपालमा यो खेल भित्रिसकेको छैन ।
यही प्रतियोगितामा सानियाका भाई साहिल चन्दले प्रतिस्पर्धा गरेपनि उनी पहिलो चरणबाटै बाहिरिएका छन् । यस प्रतियोगितामा नेपाली ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले अम्पायरिङ गरिरहेकी छन् । सानिया चन्द आफ्नै काका हिक्मत चन्दको प्रशिक्षणमा खेलिरहेकी छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]