5 years ago
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
१३औं सागमा नेपालको तर्फबाट पहिलो स्वर्णपदक विजेता तथा नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित सम्मानित गरेका हुन् ।
मन्डेलाई युवा संघका रमेश आचार्य, धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुड विल बिल्डर्सका सिओ कराँतेका पुर्व राष्ट्रिय खेलाडी रबि महर्जनको व्यवस्थापनमा सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा गोजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको पनि उपस्थिति रहेका थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]