default_image

5 years ago

July 31, 2020

सानियालाई एयर ब्याडमिन्टन उपाधि

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगतको महिला एकलतर्फको उपाधि जितेकी छन् ।

बिहीबार राति काइट बिच दुवईमा भएको फाइनलमा सानियाले भारतीय खेलाडी सान्द्रा सातेसानलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । सानियाले पहिलो सेट ७–१५ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा १५–११ र १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भइन् ।

सानिया दुवई स्पोर्ट्स काउन्सिलद्धारा आयोजित एयर ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छिन् ।
मिक्स डबल्र्समा फाइनलमा प्रवेश गरेपनि सानियाका आफ्नै भई अस्वस्थ रहेका कारण फाइनल गुमाउन सक्ने सानियाका प्रशिक्षक तथा उनकै काका हिक्मत चन्दले जानकारी गराए । प्रतियोगितमा पुरुष एकल, पुरुष डबल्र्स, महिला एकल र मिक्स डबल्र्सका खेलहरु समावेश गरिएको थियो ।

कञ्चनपुर महेन्द्रनगरकी सानिया पछिल्लो समय परिवारसँगै दुवईमा बस्दै आएकी छन् । सानियाले २०१९ मा दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपाली युवा स्टार प्रिन्स दाहालसँग मिलेर मिक्स डबल्र्समा प्रतिस्पर्धा गर्दै कास्य पदक जितेकी थिइन् ।

विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ मा एयर ब्याडमिन्टन प्रतियोगिता ल्याएको र युएईमा पहिलोपटक भएको हो । एयर ब्याडमिन्टन हल बाहिर खुल्ला ठाउँमा खेलिने खेल हो । यसका लागि विशेष आकृतिको रंगिन सेन्थेटिक सटल कक हुनेछ । नेपालमा यो खेल भित्रिसकेको छैन । यस प्रतियोगितामा नेपाली ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले अम्पायरिङ गरेकी थिइन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.