5 years ago
August 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो बार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।

२३औं बार्षिकोत्सवका अवसरमा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगरलाई सम्मानित गरेका हुन् ।
यस्तै आइटिएफले प्रदेश नम्वर २ र उत्कृष्ट जिल्लामा मोरङ जिल्लालाई पनि पनि सम्मानि गरेको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला ‘ज्वाला’, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटिएफका अध्यक्ष अञ्जन धमलाले बिहिबार एक कार्यक्रमकाविच बर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गरे ।
आईटिएफले आफ्नो बार्षिकोत्सवका अवसरमा सामाजिक कार्य रक्तदान, सरसफाई बृद्धहरुलाई भोजन र बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्दै आइरहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]