5 years ago
August 15, 2020
धनगढी (हाम्रो खेलकुद) – सुवास बहादुर शाहीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको पुर्नगठन गरिएको छ । संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।

पुनर्गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिभा शाह, सरोज चौधरी र उत्तम प्रसाद भट्ट रहेका छन् । महासचिवमा बहादुर सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर र सचिबमा श्रीराम चौधरी रहेका छन् ।
यस्तै सदस्यमा जेपी चन्द, सुबास पडाल, रमेश कुमाल, लोग बहादुर बुढा, कमल कार्की, धन्नन्जय रिमाल, दिल देउबा, कमल पनेरु र महेश खत्री रहेका छन् ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका खेलकुद संयोजक दिपक थापा, धनगढी उप–महानगरपालिका वडा ८ का वडाध्यक्ष नारायण बराल, कंचनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश कुमार चन्द लगायतको उपस्थिति रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]