5 years ago
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते खेलाडी आर्यन रन्जित ‘वल्ड बुक अफ रेकर्ड’, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् ।

सानो उमेरमा खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ । उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरे ।
आर्यनले नेपालमा भएको विभिन्न पाँच अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलेका छन् । पाँचैमा उनले स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी भएका थिए । भारतमा भएको दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ९ वर्षीय आर्यनले दुवैमा स्वर्ण जितेका थिए । सिंगापुरमा भएको प्रतियोगितामा उनी तेश्रो भएका थिए । आर्यनले थाइल्यान्ड र मलेसियामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]