5 years ago
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्ष सातमा रहेका नेपाली युवा ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाललाई कैलाली जिल्ला ब्याडमिन्टन संघले साथ दिने भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय खेलकुदको ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिनिधित्व गरिरहेका हुनाले पनि कैलाली जिल्ला ब्याडमिन्टन संघले प्रिन्सलाई दुई वर्षसम्मसाथ दिन लागेको संघका अध्यक्ष नवराज जोशीले जानकारी गराए ।
कैलाली ब्याडमिन्टननको यो निर्णय अनुसार कैलालीले प्रिन्सलाई योनेक्स ब्रान्डको करिव ३५ हजार रुपैया बराबरको ‘बीजी–६५’ स्ट्रिक वार्षिक ५० थान दुई वर्षसम्म उपलब्ध गराउने छ । संघका अध्यक्ष जोशीले बरिष्ठ ब्याडमिन्टन टेक्निकल अफिसियल उदय अर्यालको सुझाव अनुसार प्रिन्सलाई सम्मान स्वरुप कैलाली संघले यो कदम चालेको बताए ।

संघका पुर्व सचिव तथा वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक मेघराज कठायतले कैलालीले आफ्नो खेलाडीहरुलाई आफैले खेल सामग्रीहरु उपलब्ध गराएर प्रशिक्षण गराउदै आएको र आफ्नो खेलाडी अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भइसकेको यसमा पुर्व नेपाल च्याम्पियन पशुपति पनेरुको साथ रहेको जानकारी गराए ।
हाल अमेरिकामा रहेका पुर्व च्याम्पियन पनेरुले अवस्था समामान्य भएपछि प्रिन्सको लागि आवश्यक खेल सामग्री उपलब्ध गराउन लागेको प्रशिक्षक कठायतले बताए । पुर्व च्याम्पियन पनेरुले सम्वन्धित संघले आफ्नो प्रतिभावान् खेलाडीलाई जोगाउनुपर्ने समेत थपे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]