5 years ago
August 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ ।

तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजतपदक र कास्यपदक हात पारेको हो । नेपालकी सुविता गौतम, अनुभा मगराती र जुलिएना मोक्तानले स्वर्णपदक जितेकी हुन् ।
यस्तै दिप्सन सापकोटा, नान्सी क्षेत्री, रिना श्रेष्ठ र अनुराग पान्डे क्षेत्रीले रजत पदक हात पारे । रुद्राक्ष देवकोटा, सुविता गौतम, प्रार्थना अग्रवाल र जेमिन महर्जनले कास्यपदक पाए ।
सुविताले यु–१२ गल्र्स कातामा नेपालकै नान्सी क्षेत्रीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । अनुभाले यु–१७ गल्र्स कातामा फिलिपिन्सकी जोअन्ना प्याट्रिसियालाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । यस्तै जुलिएना मोक्तानले मकाउकी केली टम हेइ तोङलाई पछि पार्दै स्वर्ण जितिन् ।
यु–९ ब्वाइज कातामा दिप्सन घरेलु खेलाडी फ्रान्सिससँग पछि पर्दै रजतमै सीमित बने । सिनियर महिला कातामा रिना श्रेष्ठ स्वीडेनकी नोभा पेर्निटानसँग तथा यु–१७ ब्वाइजमा अनुराग फिलिपिन्सका जोसुवासँग पछि पर्दै रजतमा सीमित बने ।
तीनदिने च्याम्पियनसिपमा काता र कुमुते गरी ९ तौल समूहमा विभिन्न १४ राष्ट्रको सहभागिता रहेको रेफ्री रवि शाहीले जानकारी गराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]