5 years ago
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना तयार पारेको छ । भर्चुअलमार्फत बसेको बैठकले बार्षिक कार्ययोजना पारित गरेको हो ।

बैठकले गत आर्थिक वर्षको कार्यक्रमको समिक्षा, आर्थिक प्रतिबेदन तथा सदस्य संघहरुको गतिविधि सम्बन्धि प्रस्ताव पारित गर्दै नयाँ ऐन अनुसार नेटवर्कको नाम परिवर्तन गरि ‘बागमती प्रदेश पर्वतीय खेलकुद महासंघ’ को रुपमा लैजाने निर्णय समेत गरेको छ ।
प्रदेश सभा सदस्य रिना गुरुङले पर्यटकीय खेलकुद सम्बन्धि आवश्यक नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चितवन साहसिक तथा पर्यटकीय खेलकुदको हब बन्न सक्ने धारणा राखेकी थिइन् ।
महासंघका अध्यक्ष तथा राखेपका सदस्य गोविन्द प्रसाद भट्टराईले हालै जारि भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिने बिश्वास व्यक्त गर्दै नयाँ खेलकुद विकास ऐन, राष्ट्रिय खेलकुद परिषद तथा महासंघको सम्भावित गन्तब्यको बारेमा प्रष्ट पारेका थिए ।
बैठकले पर्यटकीय, साहसिक तथा परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने, खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रमा बागम्ती प्रदेश तहका सरकारी, गैरसरकारी संघसंस्था र निकायहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ ।
प्रदेश महासंघको कार्यालय हेटौडामा राख्ने र निकट भविष्यमै आवश्यक सांगठनिक संरचनाहरुको सुधार तथा निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]