9 years ago
August 31, 2016
काठमाडौं, भदौ १५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा ६ कर्मचारी र त्यत्तिनै संख्यामा विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई बुधबार सम्मान गरेको छ ।

प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भए । कट्वालले २५ हजार, थापाले १५ हजार तथा घिमिरेले १० हजार नगदसहित सम्मान पत्र प्राप्त गरे ।
प्राविधिकको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बााके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत भए । उनीहरुले पनि प्रशासनतर्फ सरहनै पुरस्कार र सम्मान पत्र पाए ।
सम्मानित हुने खेल पत्रकारहरुमा अन्नपूर्ण दैनिकका रोशनकुमार सिंह (राउत), नयाा पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय, कान्तिपुर दैनिकका विनोद पाण्डे, द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, नागरिक दैनिकका प्रकाश तिमल्सिना तथा कान्तिपुर टेलिभिजनका प्रदीप लेखी रहेका छन् ।

सोही अवसरमा परिषद्मा २५ वर्ष सेवा पूरा गरेको ११ कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो । त्यस्तै २० वर्ष सेवा अवधि पार गरेका १ सय ३६ जनालाई परिषद् सेवा पदकबाट विभूषित गरियो । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेप सदस्य–सचिव केशकुमार विष्ट, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताउदै काम गर्ने कर्मचारीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने नीतिलाई संगसंगै लिएर अगाडि बढ्ने धारणा राखे । सदस्य–सचिव विष्टले अहिले आफ्नो अर्जुनदृष्टि सातौं राष्ट्रिय खेलकुद भएको बताउदै यसलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए ।
राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा यो वर्ष कर्मचारी/पत्रकारलाई पुरस्कृत गर्नुका साथै दीपावली, रक्तदानलगायतका तीनदिने कार्यक्रम आयोजना गरी मनाएको थियो । वार्षिकोत्सवकै अवसरमा ७५ जिल्ला तथा ५ विकास क्षेत्रका खेलकुद कार्यालयमा विविध कार्यक्रम भएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]