5 years ago
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला ब्याडमिन्टन संघका सदस्य तथा सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले एकल प्रयासमा ब्याडमिन्टनका ५१ जना राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिदिएका छन् ।

एकेडेमीका अध्यक्ष कार्कीले आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका ६ वटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल ५१ जना खेलाडीको कोरोना बिमा गरिएको जानकारी गराएको छ । सबै खेलाडीको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसी) धरान शाखाबाट १ लाख रुपैया बराबरको कोरोना बिमा गरिएको उनले जानकारी गराए ।

यसअघि नेपाल ब्याडमिन्टन संघले शीर्ष वरीयतामा रहेका खेलाडीसहित संघका पदाधिकारी र अम्पायर गरी ३१ जनाको कोरोना बिमा गराएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि कोरोना बिमा गराउने पनि बढ्दै गएको छ ।

विभिन्न खेल संघहरुले पनि आफ्नो खेलाडीहरुको कोरोना बिमा गराइसकेको तथा केही संघहरु बिमा गराउने प्रक्रियामा रहेको छ । यसअघि फुटबल, क्रिकेट, बक्सिङ, टेवल टेनिस, भलिबललगायतका खेलका खेलाडीहरुको कोरोना बिमा भइसकेको छ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]