default_image

5 years ago

September 15, 2020

लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट सञ्चालनमा

346 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीको मुटु लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुई वटा ब्याडमिन्टन कोर्ट र दुई वटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् ।

उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् । निर्माण गरेको कभर्डहललाई राखेप सदस्य श्रेष्ठले ब्याडमिन्टन खेल्दै कभर्डहल र टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कोर्ट सञ्चालनमा आइसकेको छ भने ब्याडमिन्टन कोर्ट सम्पन्न हुने अन्तिम चरणमा रहेका छन् ।

कभर्डहल र टेनिस कोर्टको उद्घाटन गर्दै राखेप सदस्य श्रेष्ठले खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले खुलेका कुनै पनि खेलकुदका संस्थालाई आफुले सक्दो सहयोग गर्ने बताउदै खेलकुदको नाममा भ्रष्टचार गर्न खोज्ने जो कोहीलाई नछोड्ने बताएका छन् । उनले ब्याडमिन्टन कोर्टलाई दुईपटा योनेक्स ब्रान्डको ब्याडमिन्टन वल्ड फेडेरेसन (बिडब्लुएफ) बाट मान्यता प्राप्त ब्याडमिन्टन नेट छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ ब्याडमिन्टन इन्टरनेसनल टेक्निकल अफिसियल उदय अर्याल तथा ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले आ–आफ्नो क्षेत्रबाट फ्ल्यास स्पोर्ट्सलाई सक्दो सहयोग र प्राविधिक सहयोग गर्ने बताएका छन् ।

फ्ल्यास स्पोर्ट्सका सञ्चालक श्रवण कार्कीले कोभिड १९ बाट सबै कुरा प्रभावित भएर बन्द रहेको अवस्थामा खाली रहेको जग्गालाई सदुपयोग गरेर खेलकुदको संरचना बनाएको बताए । उनले यसलाई सामाजिक र व्यवसायिक दुवै तरिकाले अघि बढाउदै लैजाने बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.