default_image

5 years ago

September 15, 2020

एनआरएनएले खेलाडीको कोरोना बीमा गरिदिने

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

एनआरएनले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी बनेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपालमा समेत कोरोना बढ्दै गइरहेको परिप्रेक्षमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जो अघिल्लो वर्ष (२०७५) मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद र गतवर्ष (२०७६) मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीको स्वास्थ्यको ख्याल गर्दै सहयोग स्वरुप कोरोना बीमा गर्न लागिएको जनााएको छ ।

यस्तै एनआरएनले राष्ट्रिय टिम तयारी समितिका निर्देशकलाई खेलाडी तथा प्रशिक्षकहरुको कोरोना बीमाको लागि आवश्यक कागजात, नामावली र नेपाली नागरिताको प्रतिलिपि उपलब्ध गराइदिन प्रतिष्ठानले आग्रह गरेको छ । १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.