5 years ago
September 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर सेभेन नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल र रशिला महर्जनलाई कैलाली जिल्ला ब्याडमिन्टन संघले ब्याडमिन्टन खेल साम्रगी सहयोग गरेका छन् ।

हाल अमेरिकामा बसोवास गर्दै आइरहेका पुर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुको पहलमा कैलालीले खेलाडीका लागि दुई वर्षसम्मको लागि खेल सामग्री सहयोग गरेका हुन् ।
खेल सामग्री राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा एसिया अम्पायर दीपक थापा, कैलालीका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पुरुष डबल्सका राष्ट्रिय च्याम्पियन इन्द्र महता र नेपालको लागि योनेक्सका आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजका अध्यक्ष राजु बास्तोलालगायतले खेल सामग्री हस्तान्तरण गरे ।

प्रिन्स र रशिलालाई योनेक्स बिजी ६५ स्ट्रिङ्ग दुई रोल, मेडिकल टेप, ब्यान्ड, कुलिङ रोलर, ब्याग, टिसर्ट र एक जोर योनेक्स ब्रान्डको जुत्ता उपलब्ध गराएका हुन् । मेडिकल टेप, ब्यान्ड, कुलिङ रोलरलगायतका अन्य खेल सामग्री कोरोना महामारी सामान्य अवस्थामा फर्किएपछि अमेरिकाबाट उपलब्ध गराउने पनेरुले बताएका छन् ।
खेलाडीलाई खेल साम्रगी हस्तान्तरण गर्दै राखेप सदस्य सुभाष श्रेष्ठले अब खेलाडीले आफ्नै पैसाले केही पनि खेल सामग्री किन्नु नपर्ने बताउदै खेलाडीलाई सहयोग गरेका पशुपति पनेरु र कैलाली जिल्ला ब्याडमिन्टन संघलाई धन्यवाद ज्ञापन गरे । उनले अब नयाँ कार्यसमिति आएपछि संघको आफ्नै कार्यलय, टेलिफोन र खेलाडीको सुविधालगायतको विषयमा ध्यान दिने बताउदै नेपाली तथा अन्तर्राष्ट्रिय अम्पायरहरुलाई नेपाल ब्याडमिन्टन संघ (एनबिए) ले प्रमाणीकरण गर्दै प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने थपे ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले पशुपति पनेरु जस्ता खेलाडीलाई देशले बिर्सन नहुने बताउदै बताउदै कैलालीले आफ्नो मात्रै खेलाडीलाई सहयोग नगरी अन्य प्रदेशका खेलाडीलाई पनि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । प्रिन्स दाहालले एक खेलाडी भएर खेलाडीलाई सहयोग गरेकोमा पशुपति पनेरुलाई धन्यवाद ज्ञापन गर्दै सहयोगले एकदमै खुशी रहेको बताए । यस्तै रशिला महर्जनले पनि यस्तो खालको सहयोगले खेलाडीलाई उर्जा प्रदान हुने पशुपति पनेरुलगायत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

ब्याडमिन्टन एसियाकै बेस्ट जुनियर खेलाडी रहेका प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको वरियतामा १६ वर्षीय प्रिन्सले तीन स्थान सुधार गर्दै सातौ स्थानमा रहेका थिए । कोरोनाका कारण प्रतियोगिताहरु नहुदा प्रिन्स वरियतामा यथावत नै रहेका छन् ।
रशिलाले १४ वर्षकै उमेरमा राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान बनाएकी थिइन् । उनले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा नेपाल नम्वर वान नङ्सलदेवी तामाङलाई पराजित गर्दै इतिहास बनाएकी थिइन् ।

कैलाली जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नवराज जोशीले कैलालीले आफ्नो खेलाडीहरुलाई लगातार सहयोग गर्दै आइरहेको र जुनसुकै जिल्लाको भएपनि प्रतिभावान् खेलाडीलाई पनि सहयोग गर्ने र गर्दै जाने बताए । खेल सामग्री हस्तान्तरण कार्यक्रममा काठमाडौंमा रहेका सुदूर पश्चिम प्रदेशका राष्ट्रिय खेलाडी तथा जिल्ला ब्याडमिन्टन संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]