5 years ago
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटीका ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् ।

युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न सफल भएकी हुन् । पहिलो सेटमा २१–१३ को सहज जित हात पारेकी ज्ञानुले दोस्रो सेटमा २४–२२ को संघर्षपुर्ण जित निकालेकी थिइन् ।
त्यसअघि उनी च्याम्पियन बनेकी भारतकी इरेनी इल्सा एलेसान्डरसँग १८–२१ र १०–२१ ले पराजित हुदै फाइनल पुग्नबाट बञ्चित बनेकी थिइन् । इरेनी इल्सा एलेसान्डरले आफ्नै देशकी एनिरुमा बिजुलाई हराएर च्याम्पियन बनेकी थिइन् ।
शनिबार सम्पन्न भएको च्याम्पियनसिपमा युएईमा बसोबास गर्दै आइरहेका विभिन्न देशका कम्युनिटीका ३२ जना महिला खेलाडीहरुले सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा युएईका स्थानिय महिलाहरुको लागि छुट्टै इभेन्ट समावेश गरिदा अन्य विदेशी कम्युनिटीलाई समावेश गरिएको थिएन ।
नेपाल ब्याडमिन्टन कम्युनिटीको प्रशिक्षकमा अनिल जोशी तथा टिम व्यवस्थापकमा हीरालाल श्रेष्ठ रहेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]