default_image

8 years ago

September 8, 2016

अन्तराष्ट्रिय पदक विजेता सम्मानित

राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ […]

51 views

0 Bookmark

राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

01(1)

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ हजार र प्रशंसा पत्र तथा कास्य पदक प्राप्त खेलाडीहरुलाई नगद १० हजार सहित प्रशंसा पत्रबाट सम्मान गरे ।

गत आबमा अन्तराष्ट्रिय प्रतियोगितामा ३५ जनाले स्वर्ण, ४२ जनाले रजत र ३२ जनाले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।

सो अवसरमा हालै भुटानमा आयोजित ५० औं एशियाली शारिरीक सुगठन च्याम्पियनसिमा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी महेश्वर महर्जनलाई मायाको चिनो सहित सदस्य सचिव बिष्टले सम्मान गरेका थिए ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.