default_image

5 years ago

October 12, 2020

राष्ट्रिय खुला तेक्वान्दोमा मूलपानीलाई तीन स्वर्ण

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मध्येको एक मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन तीन स्वर्ण जितेको छ ।

कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जिते ।

मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले ६.१६ अंकसहित स्वर्ण जिते । रजत जितेका मूलपानीका भिजन तामाङले ६.१० अंक जोडे । काभ्रेस्थलीका मिराज केसी र मूलपानीका प्रशान्त धमलाले तेश्रो स्थानमा चित्त बुझाए ।

उक्त स्पर्धाको महिलामा स्युचाटारकी ग्रिवानी थापा ६.३० अंकसाथ पहिलो भइन् । दोश्रो भएकी गोदावरीकी सर्गम थापाले ६.१६ अंक प्राप्त गरिन् । मूलपानीकी मेलिना राई तथा बुटवलकी अनुष्का तामाङले कांस्य हात पारे ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष १५ वर्षमा मूलपानीका आयुश ढुंगेलले ६.३ अंक जोड्दै मूलपानीकै महेश आङ्थुपुलाई पछि पारे । सैनिक आवसीय महाविद्यालयका सुजन श्रेष्ठ तथा गोदावरीका श्रृजल श्रेष्ठ तेश्रो बने ।

सोही स्पर्धाको महिलामा कोटश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन् । सन्ध्याले ६.१३ अंक जोडिन् । ६.१० अंकसाथ मूलपानीकी प्रगति कुइकेल दोश्रो भइन् । चन्द्रसूर्यका हिमाला अधिकारी तथा सोनी शेर्पाले तेश्रो स्थानमा रहे ।

पुरुष ४१ वर्षमाथि मधुसुदन सापकोटाले मूलपानीलाई अर्को स्वर्ण दिलाए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा मधुसुदनले ६.०३ अंक जोडे । ५.८३ अंकसाथ पाटनका ईश्वरराम वज्राचार्य दोश्रो स्थानमा रहे । बागलुङका पर्शुनारायण बोहरा तथा बुटवलका दीपक राणा तेश्रो भए । महिला ३१–४० वर्षमा मूलपानीकी तृप्ति बुढाथोकीले पहिलो स्थान कब्जा गरिन् ।

तृप्तिले ५.७६ अंक ल्याइन् । प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनीलगायतको उपस्थिति थियो । दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडी सहभागी छन् ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् । सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ । अवार्डको राशी ५ हजार नगद रहेको छ । यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो यु ट्युबमा राखिने छ । त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ ।

यसको नतिजा भने अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ । प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने रहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.