default_image

5 years ago

November 2, 2020

अन्तर्राष्ट्रिय भर्चुअल करातेमा नेपाललाई ३५ पदक

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौ नाशिमुरा कप अनलाइन कराते च्याम्पियनसिपमा नेपालले नेपालले ३५ पदक हात पारेको छ । नेपालले १६ स्वर्ण, १२ रजत र ७ कांस्य पदक जित्ने सफल भएको हो ।

अक्टोबर ३०, ३१ र नोभेम्बर १ मा कराते फिलिपिन्स लिगले आयोजना गरेको प्रतियोगितामा नेपालले कुल ३५ पदक जित्न सफल भएको प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक रबी शाहीले जानकारी गराए ।

नेपालका लागि रवीन्द्र मानन्धर, सुभाष घताने, सुभाष कार्की, मनीष कार्की, सत्कार घर्तीमगर, अनुभा मगराती, सुबिता गौतम, गरिमा मगर, रोशमा राई, रिना श्रेष्ठ, सन्जु देशारले स्वर्ण जित्न सफल भएका हुन् ।

जगतसिंह धानुक, सोनिम मानन्धर, न्यान्सी छेत्री, न्हुजमान शाक्य, रुद्राक्ष देवकोटा र नीता आचार्यले रजत पदक जितेका छन् । जुलियाना मोक्तान, दिप्सन सापकोटा, हेरेन्जेन लामा, आरव देवकोटाले कांस्य पदक जितेका छन् ।

पुरुष ३५–४५ उमेर समुह एडभान्स मास्टर काता वर्गमा रविन्द्र मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई हराएर स्वर्ण जित्न सफल भए । महिला २६–३५ वर्षको मुमितेमा मिस्ली श्रेष्ठले स्वर्ण जितिन् ।

च्याम्पियनशिपमा १६ देशका २३२ एथलेटिकलहरुले भाग लिएका छन् । च्याम्पियनसिपमा नेपालको तर्फबाट रबि शाहीले संयोजन तथा निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

च्याम्पियनसिपमा नेपाल, फिलिपिन्स, इरान, स्वीडेन, जापान, क्यानाडा, चिली, इटाली, मकाउ, यूएई, इजिप्ट, इन्डोनेसिया, सिंगापुर र हङकङका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.