default_image

5 years ago

November 4, 2020

सुवासलाई सम्मान गरिने

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ ।

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए । लकडाउन र निशेधाज्ञाका दौरान सुवासले ३ अन्तर्राष्ट्रिय र १ राष्ट्रिय गरी ४ प्रतियोगितामा सहभागिता जनाएका थिए ।

चार प्रतियोगितामा उनले ३ स्वर्ण र १ रजत जिते । चारैमा उनले एकल कातामा आफ्नो कौशल प्रदर्शन गरेका थिए । विभागीय टोली एपीएफका सुवास सातौं राष्ट्रिय खेलकुदका स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदका रजत पदक विजेता हुन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.