5 years ago
November 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – शनिबार र आइतबार हुने ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा चार विदेशी निर्णायकसहित नेपाली निर्णायकले खेलाडीको मूल्यांकन गर्ने भएका छन् ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रीहरु अस्ट्रेलियाका ¥यान राजेन्द्र, म्यानमारका अनुक न्यान र भारतका अतुल पानगोत्रा र नेपालका रवीन्द्र मल्लले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । च्याम्पियनसिपमा टेक्निकल टिमको नेतृत्व भने कविराज खड्गीले गर्ने छन् । टेक्निकल टिमलाई राष्ट्रिय रेफ्रीहरु बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्ने छन् ।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका ३६२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिपमा नेपालका १९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका १७१ खेलाडीले सहभागिता जनाएका छन् ।
युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ । प्राप्त भिडियोहरु युट्युवमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]