default_image

5 years ago

November 6, 2020

खड्कालाई मुवाथाइको सम्मान

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ ।

संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् । संघको संस्थापक उपाध्यक्षसमेत रहेका खड्का नेपालको पुरानो पार्टीको केन्द्रीय खेलकुद विभागमा मनोनित हुनु संघका लागि गर्वको विषय भएको संघका अध्यक्ष गणेशलाल कक्षपतिले बताए ।

उनले मुवा थाइसँगै समग्र नेपाली खेलकुदको विकास र विस्तारमा खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सम्मानित भएपछि खड्काले पार्टीको केन्द्रीय विभागबाट यसै वर्ष मुवा थाइको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।

उनले आफू पूर्व खेलाडीसमेत रहेकाले नेपाली खेलकुदको विकास र खेलाडीको हकहितका लागि सदैव लागिपर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संघका उपाध्यक्ष निलम अधिकारी, महासचिव राजेश महर्जन तथा सदस्यहरु भूपेश शाक्य, सन्तोष घलान, साजन माली, विकेश देउला, दीपक तामाङ, मनिष लिभीलगायतको उपस्थिति रहेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.