5 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् ।

उनले भारतका देवासिस दासलाई पछि पारे । यस स्पर्धामा मलेसियाका बालाजी तेक्वान्दो स्कुल र मकाउका वाई हाङ चानले कांस्यमा चित्त बुझाए । यसैगरी छात्र १० वर्षमुनिको समूहमा मलेसियाका मोहमद अरिफिन अस्नावीले पहिलो स्थान हात पारे ।
यस समूहमा अरिक रानाले रजत जित्दा श्रीलंकाका पुमिदु देनुका पाथिराना र नेपालका सुवान गुरुङले कांस्य पदक पक्का गरे । छात्राको १० वर्षमुनिको स्पर्धामा श्रीलंकाकी थिनुमी भिशास्नाले स्वर्ण पदक जितिन् । उनले मलेसियाकी नुर अयर अब्दुल्लालाई पछि पारिन् । नेपालकी प्रतीक्षा राना र मलेसियाकी सोभिना मेइ सासौले कांस्य पदक जिते ।
यसैगरी छात्रा १२ वर्षमुनिको समूहमा मलेसियाकी जोसेफिन चिन जियाले स्वर्ण जितिन् । उनले मेक्सिकोकी क्लाइरे फ्लोरेस चापालाई पछि पारिन् । मलेसियाकी इरिस नुर युसुफ र थाइल्यान्डकी रावी मोनानीले तेस्रो स्थानमा चित्त बुझाए ।
दुई दिने च्याम्पियनसिप नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । उनले अहिलेको विषम् परिस्थितिमा पनि खेलकुदलाई चलायमान बनाउन च्याम्पियनसिपले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य नन्दा बस्याल, च्याम्पियनसिपका संयोजक कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राखेप बोर्ड सदस्यमा नियुक्त भएकी बस्याललाई सम्मान पनि गरिएको थियो ।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका छन् ।
युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]