5 years ago
December 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार ओलम्पिक कमिटिले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने दाबेदारी गरिरहँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग सहयोग र समर्थनका लागि अनुरोध गरेको छ ।

नेपाल भ्रमणमा रहेका कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार एनओसीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्दै २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि अनुरोध गरेको हो ।
भेटमा सांसद समेत रहेका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली पक्षसँग दुई पक्षीय सहयोग र सम्बन्धलाई लिएर छलफल भएको थियो । नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठ सम्मिलित थिए ।
एनओसीका अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै एसियाली खेलकुद आयोजनाको कतारी दाबेदारीको सफलताको कामना गरेका छन् ।
‘कतारले यसअघि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल आपसी सहयोगका लागि वचनबद्ध रहेका छन् ’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मद्दत पुगेको छ ।’
कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दाबेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरेका हुन् । १२ सदस्यीय टोलीमा नेपालका लागि कतारका राजदुतसँगै एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि रहेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]