5 years ago
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी अन्तर्गतको ‘स्पोर्टस फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णुगोपाल श्रेष्ठ चयन भएका छन् ।

नेपाल ओलम्पिक कमिटीले शुक्रबार ११ सदस्यीय समिति चयन गर्दा विष्णुगोपाल श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् । कमिसनमा बजरंग शाह, भोजराज सिटौला, धिरेन्द्र प्रधान, मुकुन्दराज शर्मा, पुजा शाही, राजन श्रेष्ठ, राजेश खड्का, राजेश श्रेष्ठ, रमेश कुमार श्रेष्ठ र रोजना प्रधान रहेका छन् ।
ओलम्पिक कमिटी अन्तर्गतको ‘स्पोर्टस फर अल’ कमिसन सबैभन्दा सक्रिय कमिसन हो ।कमिसनका अध्यक्ष श्रेष्ठले आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरैभन्दा धेरै कार्यक्रम गर्ने बताएका छन् ।

‘खेलकुद सबै बर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’ अध्यक्ष श्रेष्ठले भने ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यसले आम नेपालीमा खेलकुदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुनेमा विश्वस्त रहेको बताएका छन् । यस्तै ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले ‘खेलकुद खेलाडीसँग मात्रै नजोडिने र यो सबैको जीवनको एक भाग हुनुपर्ने बताएका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]